मर्जर अनुमोदन गर्न एनसीसी बैंक र कुमारीले विशेष साधारणसभा गर्दै, समान हैसियतमा गाभिँदै



बिजमाण्डू
२०७९ मंसिर ९ गते ०९:५८ | Nov 25, 2022


मर्जर अनुमोदन गर्न एनसीसी बैंक र कुमारीले विशेष साधारणसभा गर्दै, समान हैसियतमा गाभिँदै


काठमाडौं। मर्जरको विशेष प्रस्ताव पारित गर्न एनसीसी बैंक र कुमारीले विशेष साधारणसभा डाकेका छन्। दुवैले मंसिर २५ गते विशेष साधारणसभा गर्ने भएका हुन्। 

Tata
Global Ime

एनसीसी बैंकको सभा दिउँसो १ बजेपछि अनमोल ब्यांकेट शंखमुलमा हुँदैछ। कुमारीले पनि १ बजेपछिका लागि बैंकको प्रधान कार्यालयमा सभा डाकेको छ। 

दुवै बैंकले एक आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव सभामार्फत अनुमोदन गर्दैछन्। दुई बैंकको  मर्जर सहमति अनुसार संस्था समान हैसियतमा गाभिदै छन्। जस अनुसार एनसीसी बैंकको एक कित्ता बराबर सेयरधनीले कुमारीको एक कित्ता पाउनेछन्। 

मर्जरपछि कुमारी बैंकको नामबाट बैंकिङ व्यवसाय गरिने विशेष प्रस्ताव स्वीकृत हुनेछ। दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। 

विशेष साधारण सभाले दुवै बैंकको गाभ्ने/गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, डीडीए प्रतिवेदन अनुसारको स्वाप रेसियो र अन्य गरिएका सम्झौताहरु अनुमोदन गर्नेछ। 

मर्जर प्रयोजनका लागि दुवै बैंकले सम्झौता बमोजिम स्वीकृतिका लागि नियामक निकायहरुबाट आवश्यक कार्यको सम्पादन गर्न संचालक समितिलाई अख्तियारी दिनेछन्। सभाले दुवै इन्स्योरेन्सको संचालक समितिमा सो अधिकार प्रत्यारोपण गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनका लागि दुवै बैंकले मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्दै छन्। मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन योग्य हुनेछन्।