विनोद चौधरीको विजय र्‍यालीको सुरुवात मुसहर बस्तीबाट, ‘अब मेरो जीवन यही जोडिनुपर्छ’



बिजमाण्डू
२०७९ मंसिर ९ गते १२:४८ | Nov 25, 2022


विनोद चौधरीको विजय र्‍यालीको सुरुवात मुसहर बस्तीबाट, ‘अब मेरो जीवन यही जोडिनुपर्छ’


काठमाडौं। उद्योगपति विनोद चौधरी नवलपरासी(वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि विजयी र्‍याली गरेका छन्।

Tata
Global Ime

उनले जनता प्रगतिशील पार्टीका ह्रदयश त्रिपाठीलाई ६ हजार मनान्तरले पराजित गरेका थिए। उनले विजय र्‍यालीको सुरुवात मुसहर बस्तीबाट थालेका थिए। मुसहर बस्ती पुगेर चौधरीले विजय र्‍याली नभई विकासको र्‍याली भएको बताए।

 '५० दिनदेखि यो क्षेत्रमा घुम्दा मेरो अन्तरआत्माले मेरो जीवन यही जोडिनुपर्छ र विकास यात्रा पनि यहीबाट सुरु गर्नुपर्छ भन्ने थियो। यसलाई मैले विजय यात्रा होइन विकास यात्रा मान्छु,' उनले भनेका छन्, 'यसलाई आभार यात्रा मान्छु। तपाइँहरुलाई मैले केही गर्छु भन्ने लागेर मलाई माया गरेर जिताउनुभयो।'

उनले आफूलाई जिम्मेवारी बोध रहेको र यस क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता अनुसार अगाडि बढ्ने समेत प्रतिवद्धता जनाए। 'मैले मुसहर बस्तीमा रहेका बालबालिका, आमा दाजुभाईको जीवनस्तरमा परिवर्तन ल्याउनुछ,' उनले भने, 'यो जिम्मेवारी मैले लिनेछु।'