७० वर्षअघि हजुरबुवाले डायरीमा लेखेको उद्योगीको समस्या र अहिले पनि उस्तै छ : शेखर गोल्छा



बिजमाण्डू
२०७९ मंसिर ९ गते १७:०२ | Nov 25, 2022


७० वर्षअघि हजुरबुवाले डायरीमा लेखेको उद्योगीको समस्या र अहिले पनि उस्तै छ : शेखर गोल्छा


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारी प्रशासनिक काममा उद्योगीले दु:ख पाउने गरेको बताएका छन्। गोल्छाले आठौं उद्योग दिवसको अवसरमा सो धारणा राखेका हुन्। 

Tata
Global Ime

अध्यक्ष गोल्छाले आफ्नो हजुरबुबाले ७० वर्ष अगाडि लेखेको डायारी अझै सुरक्षित रहेको बताउँदै त्यो बेला र अहिले उद्योगीको समस्यामा कुनै फरक नरहेको जिकिर गरे।

गोल्छाले भने- ‘मेरो हजुरबुवाले ७० वर्षअघि लेखेको डायरीमा उद्योगीले भोग्नु परेको समस्या, भोगाई र अहिले उद्योगीले भोगाईमा खासै फरक छैन।’

सरकारले दिने सेवा प्रवाहमा उद्योगीले अझैपनि विभिन्न समस्या भोग्नु परेको गोल्छाको भनाई छ। उद्योग विभागबाट एकल बिन्दु सेवा केन्द्र सुरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताए।