समानुपातिकमा एमालेले कटायो १८ लाख, तेस्रोका लागि माओवादी र रास्वपाको प्रतिस्पर्धा



बिजमाण्डू
२०७९ मंसिर १० गते ११:४९ | Nov 26, 2022


समानुपातिकमा एमालेले कटायो १८ लाख, तेस्रोका लागि माओवादी र रास्वपाको प्रतिस्पर्धा


काठमाडौं। मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। ४९ सीट जितेको कांग्रेसलाई ३८ स्थानमा विजयी एमाले पछ्याइरहेको छ।

Tata
Global Ime

१६ सिट जितेको माओवादी तेस्रो स्थानमा केन्द्र छ। एकीकृत समाजवादी १० सिटका साथ चौथो स्थानमा छ भने ७ सिटका साथ राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौंमा छ। मतगणना अझै जारी छ। कांग्रेस, एमाले, माओवादी र रास्वपा क्रमशः ५, ६, २ र १ स्थानमा अगाडि छन्।

प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले १८ लाख ३९ हजार ५४ मत प्राप्त गरेको छ। कांग्रेसले १७ लाख ७६ हजार १४८ मत पाउँदै दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीको प्रतिस्पर्धा हुने देखिएको छ। रास्वपाले ७ लाख ९२ हजार ४१४ पाउँदा माओवादी केन्द्रले ७ लाख ७८ हजार ७६९ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६ हजार ११८, जनता समाजवादी पार्टीले २ लाख १७ हजार ९ सय ५, एकीकृत समाजवादीले १ लाख ६७ हजार ६ सय १९, नागरिक उन्मुक्ति पार्टीले १ लाख ५९ हजार ७५१ र जनमत पार्टीले १ लाख ४९ हजार ५५९ मत प्राप्त गरेका छन्।