आइपीओका लागि पाइपलाइनमा दुई दर्जन कम्पनी, स्वीकृतिमा ढिलाइ किन भइरहेको छ?



२०७९ मंसिर ११ गते १२:४९ | Nov 27, 2022


काठमाडौं। बजार घटेको छ। यस्तोमा आइपीओ ल्याउने कम्पनी पनि पातलिनुको कारणलाई लगानीकर्ताबीच कम्पनी आफैं पछि सरेका हुन् वा नियामक निकायले स्वीकृति दिन ढिला गरेको भन्ने उत्सुकता छ।

Tata
Global Ime

झट्ट हेर्दा घटेको बजारलाई देखेर कम्पनीहरु आफैं ढिला गरेको जस्तो देखिए पनि आइपीओ जारी गर्न कम्पनीहरुलाई स्वीकृति दिने प्रक्रियामा नेपाल धितोपत्र बोर्ड सुस्त भएको पाइएको छ। आइपीओ जारी गर्न मापदण्ड पुग्ने कम्पनीका तुलनामा निकै थोरैलाई स्वीकृति दिइरहेको छ।

करिब दर्जनभन्दा बढी कम्पनीले विभिन्न समयमा अन्तिम स्वीकृतिका लागि निवेदन दिएका छन्। जसको कुल बजार पुँजीकरण नै ११ अर्बमाथि छ। बोर्डको तथ्यांकअनुसार पाइपलाइनमा २०७७ असारदेखि निवेदन दिएका केही कम्पनीले अझै स्वीकृति पाएका छैनन्।

एकातिर बोर्डमा निवेदन थपिएको थपिएकै छ भने अर्कातिर स्वीकृति पाउने कम्पनीको संख्या निकै कम छ। विभिन्न समयमा ३० कम्पनी बोर्डको पाइपलाइनमा थपिदा चालु आर्थिक वर्षको करिब साढे ४ महिनामा जम्मा ११ कम्पनीले प्राथमिक निष्कासनका लागि बोर्डबाट अन्तिम स्वीकृति पाएका छन्।

केही समय बोर्ड नेतृत्वविहीन हुँदा स्वीकृति प्रक्रियामा असर परेको थियो। हाल नेतृत्व हुँदा पनि बोर्ड पुनः सुस्त देखिएको छ। २०७८ भदौमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा जोडिएसँगै बर्खास्त भएका थिए। त्यसको केही समय बोर्ड नेतृत्वविहीन हुँदा आइपीओ निष्कासनको स्वीकृतिको पर्खाइमा धेरै कम्पनी अलपत्र थिए। गत फागुनमा सरकारले बोर्ड अध्यक्षमा रमेशकुमार हमाललाइ नियुक्त गरेसँगै आइपीओ स्वीकृति दिने कामले पनि तीव्रता पाएको थियो।

बोर्डको अध्यक्षमा हमाल आएपछि गत असार मसान्तसम्म पाइपलाइनमा रहेका २५ कम्पनीलाई ५ अर्ब रुपैयाँमाथि बराबरको आइपीओ जारीका लागि बोर्डले अन्तिम स्वीकृति दिएको थियो। अध्यक्ष नहुँदा बोर्डले धितोपत्र निष्कासनका कामलाई अघि सारेको थिएन।

अहिले बोर्डको कामको गति सुस्त भएको तथ्यांकले पनि प्रष्ट पार्छ। कम्पनीको निवेदन पुगेका छन्, स्वीकृतिको प्रक्रिया ढिला छ।

बोर्डले अध्यक्ष पाएपछि स्वीकृति पाएका कम्पनी  कित्ता संख्या   रकम  
ग्रीन भेन्चर्स लिमिटेड 6,250,000 625,000,000
बलेफी हाइड्रोपावर लिमिटेड 3,655,940 365,594,000
स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन 3,982,500 398,250,000
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी 3,307,500 330,750,000
हिमालयन हाइड्रोपावर लिमिटेड 2,250,000 225,000,000
दोर्दी खोला जलविद्युत कम्पनी 2,951,929 295,192,900
विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी 2,500,000 250,000,000
सिक्लेस हाइड्रोपावर लिमिटेड 2,000,000 200,000,000
रिभर फल्स पावर  3,430,000 343,000,000
रसुवागढी हाइड्रोपावर कम्पनी 6,842,100 684,210,000
पिपुल्स पावर लिमिटेड  3,100,000 310,000,000
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड 2,941,410 294,141,000
मन्दाकिनी हाइड्रोपावर 1,764,110 176,411,000
इमर्जिङ नेपाल लिमिटेड 555,600 55,560,000
अपर हेवाखोला हाइड्रोपावर कम्पनी 2,000,000 200,000,000
सान्जेन जलविद्युत कम्पनी 3,650,000 365,000,000
सयपत्री हायड्रोपावर लिमिटेड 900,000 90,000,000
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था  850,000 85,000,000
नेष्डो समृद्ध लघुवित्त 828,750 82,875,000
अभियान लघुवित्त वित्तीय संस्था 975,000 97,500,000
जाल्पा सामुदायिक अलघुवित्त वित्तीय संस्था 522,000 52,200,000
सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था 395,336 39,533,600
धौलागिरी लघुवित्त वित्तीय संस्था  331,000 33,100,000
उपकार लघुवित्त वित्तीय संस्था 236,250 23,625,000
आदर्श लघुवित्त वित्तीय संस्था  67,000 6,700,000
जम्मा 56,286,425 5,628,642,500

बोर्डका प्रवक्ता रुपेश केसी भने प्राथमिक निष्कासन सम्बन्धी काममा ढिलासुस्ती गरेको अस्वीकार गर्छन। 'बोर्डले आइपीओलाई स्वीकृति दिने कामलाई प्राथमिकतामै राखेर गरिरहेको छ। ढिलासुस्ती छैन,' उनले भने, 'अहिले आइपीओका लागि आएका ११ कम्पनीको प्रारम्भिक अध्ययन हुँदैछ। ८ वटा कम्पनीलाई कमेन्ट पठाएका छौं भने हामीले पठाएको कमेन्टको प्रतिक्रिया दिएका ११ कम्पनीको अध्ययन गर्दैछौं।'

साउनयता काम गराइमा ढिला देखिएको बोर्डले यही मंसिर ८ गते भने एकैदिन एसियन हाइड्रोपावरसहित पाँच कम्पनीलाई आइपीओ जारीको स्वीकृति दिएको थियो।

चालु आर्थिक वर्ष हालसम्म स्वीकृति पाउनेहरु    
कम्पनी कित्ता रकम
इष्टर्न हाइड्रोपावर लिमिटेड 1,240,000 124,000,000
खप्तड लघुवित्त वित्तीय संस्था 132,000 13,200,000
सृजनशील लघुवित्त वित्तीय संस्था 393,750 39,375,000
पिपुल्स हाडड्रोपावर कम्पनी लिमिटेड  8,000,000 800,000,000
बाराही हाइड्रोपावर पब्लिक लिमिटेड 700,000 70,000,000
कालिन्चोक दर्शन लिमिटेड 1,200,000 120,000,000
एशियन हाइड्रोपावर लिमिटेड 1,180,000 118,000,000
सुपरमाई हाइड्रोपावर लिमिटेड 1,000,000 100,000,000
सुपर मादी हाइड्रोपावर लिमिटेड 3,150,000 315,000,000
माया खोला हाइड्रोपावर कम्पनी  3,400,000 340,000,000
शुभम् पावर लिमिटेड 580,580  58,058,000
जम्मा 20,976,330  2,097,633,000

पाइपलाइनमा ५० रुपैयाँदेखि बुक बिल्डिङसम्मका आइपीओ

धितोपत्र बोर्डको स्वीकृति पाउन पाइपलाइनमा रहेका कम्पनीहरुको प्राथमिक बजारको मूल्य एउटै छैन। कुनै कम्पनीले प्राथमिक सेयर प्रति कित्ता ५० रुपैयाँमा निष्कासन गर्दैछन् भने कुनैले १०० रुपैयाँमा। तर केही कम्पनीहरुले प्रिमियम र बुक बिल्डिङमार्फत पनि सेयर जारी गर्दै छन्।

बोर्डका अनुसार पाइपलाइनमा रहेका कम्पनीहरुमध्य हाथवे इन्भेष्टमेन्ट नेपालले प्रतिकित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो।

यस्तै रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले ११२ रुपैयाँ प्रिमियमसहित ६० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। तसर्थ प्राथमिक बजारमा यस कम्पनीको एक कित्ता सेयरको मूल्य २१२ रुपैयाँ हुने छ। यस्तै घोराही सिमेन्टले पनि प्रिमियममा आइपीओ जारी गर्दै छ।

यस्तै पाइपलाइनमा रहेका दुई कम्पनीले भने नेपालमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ जारी गर्दैछन्। यो प्रक्रियाबाट आइपीओ जारी गर्ने तयारीमा रहेका कम्पनी सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पीनिङ मिल्स हुन्।

डिस मिडियाले स्वीकृति किन पाएन ?

प्राथमिक निष्कासनकै क्रममा करिब २ वर्ष अघिदेखि बसेको डिस मिडिया नेटवर्कले अझै बोर्डबाट स्वीकृति पाएको छैन।

उक्त कम्पनीलाई बोर्डले २ वर्षअघि नै 'रिभ्यु एण्ड कमेन्ट' सेक्सनमा राखेको हो। तर कमेन्ट पठाएको लामो समयदेखि कम्पनीले कुनै पनि प्रकारको प्रतिक्रिया नदिएको बोर्डले जनाएको छ।

उक्त कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल भन्छन्,'यो कम्पनीले बजार घटेकाले बाँकी प्रोसेस अघि नसारेको होइन। बीचमा प्रिमियममा आउने कि बुक बिल्डिङमा आउने भन्ने कुरा थियो। अब चाहिँ फेस भ्यालुमै आउने भन्ने छ, प्रोसेस हुँदैछ।'

प्राथमिकदेखि दोस्रो बजारसम्म हाइड्रोपावरको लहर

सेयर बजारमा पछिल्लो समय सर्वाधिक देखापरेका कम्पनी हाइड्रोपावरका हुन्। हाल दोस्रो बजारमा सूचीकृत भइ कारोबार भइरहेका कम्पनीहरुको संख्या ५ दर्जन छन्।

प्राथमिक बजारमा पनि हाइड्रोपावर कम्पनीको उदय हुने क्रम रोकिएको छैन्। हाल धितोपत्र बोर्डसँग आइपीओ ल्याउन अन्तिम स्वीकृति पर्खेर बसेका ३० कम्पनीहरुमध्ये १६ वटा हाइड्रोपावर छन्। त्यस्तै नेप्सेको तथ्यांक अनुसार ६० वटा हाइड्रोपावर सूचीकृत भएर दोस्रो बजारमा सेयर कारोबार भइरहेको छ।

यो लहर हेर्दा हाइड्रोपावर क्षेत्रका कम्पनीले आयोजना निर्माणका लागि आवश्यक पर्ने लगानी उठाउने मुख्य ठाउँ नै सेयर बजार भएको देखिएको छ।

बजारमा देखिएका हाइड्रोपावर कम्पनीहरुका सेयरमा धेरैको उतारचढाव छ। केही समय राम्रो मूल्य पाए पनि वित्तीय विवरण सार्वजनिक हुँदा नोक्सानी देखिए खस्कन्छ। सेयर बजारमा आएको वर्षौसम्म लगानीकर्तालाई प्रतिफल दिने क्षमता नबनाउँदा धेरै हाइड्रोपावर कम्पनीका सेयर लिएर लगानीकर्ता अन्योलमा भेटिन्छन्।

बोर्डबाट अन्तिम स्वीकृति पर्खनेहरु      
कम्पनी कित्ता रकम निवेदन दिएको मिति
घोराही सिमेन्ट  7,943,801          3,441,651,785 4/9/2079
रिलायबल लाइफ इन्स्योरेन्स  6,000,000          1,272,000,000 4/12/2078
सोनापुर मिनरल्स 12,300,200          1,230,020,000 6/4/2079
सानिमा मिडिल तमोर हाइड्रोपावर  8,331,250              833,125,000 3/24/2079
मोदी इनर्जी लिमिटेड 7,250,000              725,000,000 5/31/2079
आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी 6,000,000              600,000,000 3/22/2078
सगरमाथा  जलविद्युत कम्पनी  5,488,000              548,800,000 5/9/2079
नेपाल रिपब्लिक मिडिया लिमिटेड 4,353,000              435,300,000 7/2/2079
मोलुङ हाइड्रोपावर कम्पनी 3,531,000              353,100,000 4/1/2078
अपर लोहोरे हाइड्रोपावर कम्पनी 2,498,040 249,804,000 6/13/2079
डिस मिडिया नेटवर्क लिमिटेड 2,385,929              238,592,900 3/30/2077
मकर जितुमाया सुरी हाइड्रोपावर 2,280,000              228,000,000 1/8/2079
माइखोला हाइड्रोपावर 1,921,568              192,156,800 6/30/2079
इङवा हाइड्रोपावर लिमिटेड 1,800,000              180,000,000 11/16/2078
सिटी होटल लिमिटेड 1,674,000 167,400,000 12/30/2078
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी 1,632,160              163,216,000 12/2/2078
मन्चियम हाइड्रोपावर कम्पनी 1,627,750              162,775,000 4/18/2079
डोल्टी पावर कम्पनी 1,609,458              160,945,800 4/13/2079
हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेड 2,925,000              146,250,000 12/25/2087
थ्री स्टार हहाइड्रोपावर 1,231,250              123,125,000 4/17/2078
चिर्ख्वा हाइड्रोपावर 1,200,000              120,000,000 7/17/2079
ट्रेड टावर लिमिटेड 1,158,980              115,898,000 3/14/2079
अपर स्यांगे हाइड्रोपावर  870,000                87,000,000 3/31/2079
रावा इनर्जी डेभलपमेन्ट लिमिटेड 840,000 84,000,000 3/13/2079
मुक्तिनाथ कृषि कम्पनी 400,000                40,000,000 11/20/2078
कुथेली बुखारी स्मल हाइड्रोपावर 243,735                 24,373,500                                2078/04/32
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था 203,380              20,338,000 12/21/2078
बीपीडब्लु लघुवित्त वित्तीय संस्था 97,000  9,700,000 3/8/2079
सर्वोत्तम सिमेन्ट लिमिटेड 2,400,000 –                               3/28/2079
रिलायन्स स्पीनिङ मिल्स 770,640 –                                  3/31/2079
जम्मा  90,966,141 11,952,571,785