नेपाल हाइड्रो डेभलपरको नाफामा उच्च गिरावट, ३ वर्षयताकै कम हुँदा लाभांश पनि घटेर ५% प्रस्ताव



२०७९ मंसिर १२ गते ११:१७ | Nov 28, 2022


नेपाल हाइड्रो डेभलपरको नाफामा उच्च गिरावट, ३ वर्षयताकै कम हुँदा लाभांश पनि घटेर ५% प्रस्ताव


काठमाडौं। नेपाल हाइड्रो डेभलपर लिमिटेडको नाफा घट्दा लाभांश दर पनि घटेको छ। कम्पनीले नाफा तीन वर्षयताकै कम हुँदा गतवर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश पनि घटेको छ।

Tata
Global Ime

चुक्ता पुँजी ३१ करोड ९९ लाख भएको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशतले हुन आउने १ करोड ५९ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ। जुन पछिल्लो तीन आर्थिक वर्ष यताकै कम हो।

कम्पनीले ०.२६ प्रतिशतका दरले हुन आउने ८ लाख ४१ हजार ९२१ रुपैयाँ नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) वितरण गर्ने भएको छ।

यो हाइड्रो कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा १५.७८ प्रतिशत र २०७७/७८ मा ७.३६ प्रतिशत लाभाश वितरण गरेको थियो।

लाभांश वितरण सम्बन्धी कम्पनीको उक्त प्रस्ताव १६ औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयेरधनीहरुलाइ वितरण गरिने जनाइएको छ।