रामचन्द्र पौडेलसँगको भेटमा माधवकुमार नेपालले भने – अबको प्रधानमन्त्रीको हकदार तपाईँ नै हो



२०७९ मंसिर १२ गते ११:२७ | Nov 28, 2022


रामचन्द्र पौडेलसँगको भेटमा माधवकुमार नेपालले भने – अबको प्रधानमन्त्रीको हकदार तपाईँ नै हो


काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। दुई नेताबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको पौडेलको सचिवालयले जनाएको छ।

Tata
Global Ime

भेटका क्रममा गठबन्धनलाई कायम राख्नेबारे छलफल भएको बताइएको छ। पौडेलले प्रधानमन्त्रीको लागि सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए।

जवाफमा नेपालले पौडेललाई सहयोगको आश्वासन दिएका छन्। नेपाल भने, ‘समकालीन सबै पीएम भए तपाईँ बाँकी हो।’

नेपालले यो गठबन्धन बनाउन योगदान भएको भन्दै प्रधानमन्त्रीको हकदार पौडेल भएको बताएको पौडेलको सचिवालयले जनाएको छ।