काठमाडौं। लाँकुरीभञ्ज्याङस्थित द टेरेसेस रिसोर्ट एण्ड स्पामा नयाँ एक्जिक्युटिभ सेफको रूपमा दीपक मिश्रा आवद्ध भएका छन्।
भारतको ओडिसाका सेफ मिश्रा विगत १५ वर्षदेखि हस्पिटालिटी उद्योगमा सक्रिय छन्। उनको कुलिनरी यात्रा भारतको द पार्क, सिङ्गापुरको मन्डारिन ओरिएन्टल, देहरादुनको द वाना रिट्रिट जस्ता चेनहरूदेखि भुवनेश्वरको मेफेयर होटल्स एण्ड रिसोर्ट्ससम्ममा फैलिएको छ।
मौलिक तथा रैथाने खानामा विश्वास राख्ने मिश्रा र रिसोर्टको फार्म टु टेबुलको अवधारणाले रिसोर्टका पाहुनाहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने रिसोर्टका संञ्चालकहरूको विश्वास छ।
वेलनेस फुडको अवधारणालाई केन्द्रमा राखेर विभिन्न प्रकारका चीजहरुको प्रयोग गरी होममेड पास्ता बनाउनु मिश्राको विशेषज्ञता हो। उनले जेनेभामा रहेको आशा एक्सपिरियन्सको स्वस्थ जीवनशैलीको प्रचार गर्न आयुर्वेद र वेलनेसको प्रयोगलाई खानासँग जोड्ने कोर्स पनि पूरा गरेका छन् ।
उनी फुड सेफ्टी ट्रेनिङ एण्ड सर्टिफिकेसन र हजार्ड एनलाइसिस एण्ड क्रिटिकल कन्ट्रोल पोइन्टस् प्रशिक्षक पनि हुन्।