थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुग्यो महानगरको टोली, बस्तीमा डोजर छिर्न लागेपछि झडप



२०७९ मंसिर १२ गते १५:१० | Nov 28, 2022


थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुग्यो महानगरको टोली, बस्तीमा डोजर छिर्न लागेपछि झडप


काठमाडौं। बाग्मती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका कर्मचारीहरू पुगेपछि थापाथलीस्थित सुकुम्वासी बस्ती तनावग्रस्त बनेको छ।

Tata
Global Ime

सरकारले बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरूले विरोधमा उत्रिएका छन्। झडप हुने सम्भावना बढेपछि बाक्लो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। डोजर बस्तीमा छिरेपछि बस्तीमा बस्दै आएकाहरुले ढुङगामुढा गरेका छन्।

वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीको किनारमा रहेको सुकुम्वासी बस्ती  हटाउने निर्णय गरेको विरोध गर्दै आएका थिए। उनीहरूले सरकारसँग बस्दै आएको क्षेत्रमै लालपुर्जा दिन र उठिबास नलगाउन पनि आग्रह गरेका छन्।

आज बिहानैदेखि सरकारले जबरजस्ती गरे आफूहरू प्रतिकारमा उत्रने उनीहरूको चेतावनी थियो। समितिले मंसिर ४ सम्म नदी किनारका बस्ती हटाउन नत्र महानगर र सरोकारवालासँगको समन्वयमा हटाउने भन्दै सूचना निकालेको थियो।