गठबन्धनलाई थप बलियो बनाउन सहमत, देउवा, प्रचण्ड र नेपालबीच ‘पावर सेयरिङ’मा छलफल



बिजमाण्डू
२०७९ मंसिर १२ गते १६:०२ | Nov 28, 2022


गठबन्धनलाई थप बलियो बनाउन सहमत,  देउवा, प्रचण्ड र नेपालबीच ‘पावर सेयरिङ’मा छलफल


काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ।

Tata
Global Ime

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच आज नयाँ सरकार गठनबारे छलफल भएको हो।

प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर सेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो। गठबन्धन दायाँबाँया नगरी एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको परियारले बताए।

निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबिच भएको भेटमा बधाई साटासाटसमेत भएको थियो। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच यसअघि शनिबार पनि भेट भएको थियो।