मौद्रिक नीति समीक्षाप्रति चेम्बर असन्तुष्ट, ‘वित्तीय स्थायित्व कायम गर्न कठिन, ब्याज घट्दैन’



बिजमाण्डू
२०७९ मंसिर १२ गते १६:४६ | Nov 28, 2022


मौद्रिक नीति समीक्षाप्रति चेम्बर असन्तुष्ट, ‘वित्तीय स्थायित्व कायम गर्न कठिन, ब्याज घट्दैन’


काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिको समीक्षाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने दाबी गरेको छ। मौद्रिक समीक्षामाथि टिप्पणी गर्दै चेम्बरले सोमबार जारी गरेको विज्ञप्तिमा वित्तीय स्थायित्व कायम गर्न अझै कठिन रहेको उल्लेख छ।

Tata
Global Ime

चेम्बरले स्प्रेड दर घटाउँदा ब्याजदर वृद्धि मात्रै रोक्न सहयोग पुग्ने जनाउँदै उच्च ब्याजदर घटाउने सम्भावना न्यून रहेको जिकिर गरेको छ।

चेम्बरले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशतसम्म मात्रै कायम गर्नुपर्ने बताउँदै सीडी रेसियो ९५ प्रतिशत वा सीसीडी रेसियो ८५ प्रतिशत बनाउन पनि माग गरेको छ।

चेम्बरले विदेशी विनिमय सञ्चितिमा सुधार आएसँगै एलसी खोल्दा लिँदै आएको शतप्रतिशत मार्जिनको व्यवस्था हटाउन समेत माग गरेको छ। चालु पुँजी कर्जा सम्बन्धि मार्गनिर्देशन स्थगित गरेर सरोकारवालाको छलफलमा पुनर्लेखनको समेत चेम्बरले माग गरेको छ।