मर्जरको अन्तिम स्वीकृति लिन कुमारी र एनसीसी बैंकले डाके विशेष साधारणसभा, पुसअघि एक हुने



बिजमाण्डू
२०७९ मंसिर १३ गते ०९:१५ | Nov 29, 2022


मर्जरको अन्तिम स्वीकृति लिन कुमारी र एनसीसी बैंकले डाके विशेष साधारणसभा, पुसअघि एक हुने


काठमाडौं। एकअर्कामा गाभिने अन्तिम स्वीकृति लिने प्रक्रिया थाल्नुअघि कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले विशेष साधारणसभा डाकेका छन्।

Tata
Global Ime

दुवै बैंकले मंसिर २५ गते डाकेको साधारणसभामा सेयर आदानप्रदान अनुपातदेखि मर्जर स्वीकृतको एजेण्डा लगिएको छ।

दुवै संस्था बराबरही हैसियतमा गाभिने छन्। दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

विशेष साधारणसभाले मर्जर स्वीकृति दिएपछि अन्तिम स्वीकृतिका लागि दुवै बैंक राष्ट्र बैंकसँग स्वीकृति लिन जाने छन्। राष्ट्र बैंकले स्वीकृति दिएपछि दुवै संस्था पुसअघि नै मर्जर गर्ने तयारीमा छन्।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ। 

एनसीसी बैंकका कर्मचारीका लागि स्वैच्छिक अवकाश योजना ल्याइएको छ। कुमारीले भने यो योजना ल्याउने छैन। अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन्। एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या ३५५ पुग्ने छ।