बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पालना गरेनन् सम्पत्ति शुद्धीकरण सम्बन्धि व्यवस्था



बिजमाण्डू
२०७९ मंसिर १३ गते १२:४५ | Nov 29, 2022


बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पालना गरेनन् सम्पत्ति शुद्धीकरण सम्बन्धि व्यवस्था


काठमाडौं। बैंकर्स संघका अध्यक्षसमेत रहेका अनिल उपाध्यायले सम्पत्ति शुद्धीकरण सम्बन्धि व्यवस्थाको पालना नगरेको पाइएको छ।

Tata
Global Ime

उनी प्रमुख कार्यकारी अधिकृत रहेको कृषि विकास बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धि ऐन र निर्देशनको उल्लंघन गरेको पाइएको हो। नीति नियमको उल्लंघन गरेपछि नेपाल राष्ट्र बैंकले कृषि विकास बैंकलाई जरिवाना तिराएको छ।

बैंकर्स संघको नेतृत्वमा पुगेको ब्यक्तिले अरु बैंकलाई  नीति नियम पालनाका लागि प्रोत्साहित गर्नु पर्नेमा उल्टो उल्लंघन गरेको पाइएको हो। यसबापत राष्ट्र बैंकले कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना तिराएको छ।

यता बैंक अफ काठमाण्डूले विपन्न वर्गमा दिनु पर्ने कर्जाको सीमा पुर्‍याएको छैन। त्यसैले राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई पनि जरिवाना तिराएको छ। २ करोड ११ लाख रुपैयाँ तिराइएको हो।

ग्राहकसँग बढी प्रिमियम लिएका केही बैंकहरुलाई फिर्ता गर्न लगाइएको छ। उनीहरुको सञ्चालक समिति र प्रमुख कार्यकारीलाई सचेत गराइएको छ।