स्मार्ट च्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर भुक्तानी संचालनका लागि सम्झौता



बिजमाण्डू
२०७९ मंसिर १३ गते १३:०२ | Nov 29, 2022


स्मार्ट च्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर भुक्तानी संचालनका लागि सम्झौता


काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनका लागि सम्झौता भएको छ।

Tata
Global Ime

सम्झौतामा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले हस्ताक्षर गरेका छन्।

सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको विज्ञप्तिमा उल्लेख छ।

सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ प्रयोगकर्ताले इबीएल टच ट्वेन्टीफोर (इबीएल टच २४) एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन।

एभरेष्ट बैंकमार्फत बिभिन्न व्यापार-व्यवसाय मा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन्।

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोवारको भुक्तानी तथा फर्छ्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने विज्ञप्तिमा उल्लेख छ।