बदनाम निर्माण कम्पनी पप्पुले गोरखामा पनि पुल अलपत्र पार्‍यो, समयमा नसके ठेक्का तोडिने



बिजमाण्डू
२०७९ मंसिर १४ गते ०९:४५ | Nov 30, 2022


बदनाम निर्माण कम्पनी पप्पुले गोरखामा पनि पुल अलपत्र पार्‍यो, समयमा नसके ठेक्का तोडिने


काठमाडौं। देशका विभिन्न विभिन्न पूर्वाधार ठेक्का लिएर अलपत्र पारेर बदनाम भएको पप्पु कन्स्ट्रक्सनलाई गोरखाको पुल समयमा नसके ठेक्का अन्त्य गर्ने चेतावनी दिइएको छ।

Tata
Global Ime

११ किलो छेपेटार-भालुस्वारा-वारपाक सडक योजना कार्यालय गोरखाले पुलको काम सक्न पप्पु कन्स्ट्रक्सनलाई निर्देशन दिएको हो।

कार्यालयले पटक पटक लिखित एवं मौखिक ताकेता गर्दा समेत निर्माण कार्य सम्पन्न नगरेकाले यस्तो निर्देशन दिएको जनाएको छ।

 निर्देशनपछि पनि काम नगरे ठेक्का तोड्ने कार्यालयले जानकारी दिएको छ।