शिवम् ग्रुपको रक्षम इन्टरनेशनलले खाद्यान्न आयातबाट गर्‍यो ८४ करोड रुपैयाँ बढीको कारोबार



बिजमाण्डू
२०७९ मंसिर १५ गते १६:३६ | Dec 1, 2022


शिवम् ग्रुपको रक्षम इन्टरनेशनलले खाद्यान्न आयातबाट गर्‍यो ८४ करोड रुपैयाँ बढीको कारोबार


काठमाडौं। शिवम् ग्रुप अन्तर्गतको रक्षम इन्टरनेशनल प्रालिले २०२१/२२ मा ८४ करोड ४९ लाख रुपैयाँको कारोबार गरेको छ। २०२०/२१ मा कम्पनीको कारोबार एक अर्बमाथि थियो। 

Tata
Global Ime

कम्पनीले विभिन्न अन्न, गेडागुडी, ड्राइ फ्रुट लगायत आयात गरी बिक्री वितरण गर्ने गरेको छ। कम्पनीले पशुका दाना पनि आयात गर्छ। जसको व्यापार पछिल्लो दुई वर्षदेखि निरन्तर घट्दो क्रममा छ। 

यी उत्पादनहरू मध्ये खाद्यान्न प्रायः आयात गरिन्छ भने गाईवस्तुको दाना स्थानीय रूपमा खरिद गरिन्छ। खाद्य व्यापार उद्योगमा बढ्दो प्रतिस्पर्धाले कम्पनीको व्यवसायलाई असर गरेको छ। 

कम्पनी आयातमा बढी केन्द्रित रहेको हुँदा अन्तर्राष्ट्रिय सप्लाई चेन अवरुद्ध भए लगत्तै कम्पनीको कारोबारमा असर पर्ने गरेको छ। हालै कम्पनीले ५९ करोड ५० लाख रुपैयाँको चालु पुँजी कर्जा लिएको छ। जसका लागि कम्पनीले रेटिङ पनि गराएको छ।