वैदेशिक रोजगारीमा गएकालाई आइपीओ छुट्याएपछि प्रभु क्यापिटलले ल्यायो रेमिटेन्स डिम्याट खाता



बिजमाण्डू
२०७९ मंसिर १६ गते १५:५८ | Dec 2, 2022


वैदेशिक रोजगारीमा गएकालाई आइपीओ छुट्याएपछि प्रभु क्यापिटलले ल्यायो रेमिटेन्स डिम्याट खाता


काठमाडौं। वैदेशिक रोजगारीमा गएका र विदेश जान लागेका व्यक्ति तथा उनका परिवारजनहरुका लागि प्रभु क्यापिटलले रेमिटेन्स डिम्याट खाता संचालनमा ल्याएको छ।

Tata
Global Ime

कम्पनीले एक वर्षका लागि नि:शुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उदेश्यसहित यो खाता संचालनमा ल्याएको हो। वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत सेयर छुट्याएपछि कम्पनीले यसलाई सहयोग पुर्‍याउने उदेश्य रहेको विज्ञप्तिमा उल्लेख छ।

यो खाता खोल्ने श्रमिक हितग्राहीसहित उनका परिवारलाई समेत एक वर्ष नि:शुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार भिडियो केवाइसी मार्फत तुरुन्तै अनलाइन डिम्याट खाता खोल्न मिल्ने र खाता खोल्न वेबसाइट वा मोबाइल एपबाट प्राप्त गर्न सकिनेछ। कम्पनीले लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्क ५० प्रतिशत छुट हुने जनाएको छ।