
काठमाडौं। नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रमा प्रयोग हुने ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता वस्तुको आयातलाई सहजीकरण गरेको छ।
राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै शतप्रतिशत मार्जिन लाग्ने यी वस्तुलाई त्यो सूचीबाट हटाएको जनाएको छ।
यी वस्तु आयात गर्दा आयातकर्ताले सुरुमै बैंकमा पैसा भुक्तानी गर्नु पर्ने थियो। अब भने पर्दैन। बैंकहरुले आवश्यक ठानेको रकम मात्र भुक्तानी लिन सक्छन्। पछि सामान आएर बिक्री भएपछि भुक्तानी गर्दा हुन्छ।
सार्वजनिक खरिद कानुन लागू हुने निकायहरुले बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धि सार्वजनिक निकायलाई आपूर्ति गर्ने प्रयोजनका लागि गर्ने आयातमा पनि मार्जिन आवश्यक नपर्ने भएको छ।
सर्जिकल उपकरण आयातमा पनि मार्जिन आवश्यक नरहेको राष्ट्र बैंकले जनाएको छ।