महँगो ब्याजमा पुरानो ऋण नवीकरण गर्दै सरकार, १९ अर्ब २६ करोड रुपैयाँ नवीकरण गर्दै



बिजमाण्डू
२०७९ मंसिर १९ गते ०९:२१ | Dec 5, 2022


महँगो ब्याजमा पुरानो ऋण नवीकरण गर्दै सरकार, १९ अर्ब २६ करोड रुपैयाँ नवीकरण गर्दै


काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारको १९ अर्ब २६ करोड आन्तरिक ऋण नवीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ।

Tata
Global Ime

राष्ट्र बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरणका लागि राखेको छ। २८ दिने ५ अर्ब रुपैयाँको छ भने ९१ दिने ४ अर्ब २६ करोड रुपैयाँको छ।

अर्को १० अर्ब रुपैयाँ १८२ दिनको छ। यसअघि १८२ दिने ट्रेजरी बिलको औसत ब्याज ११.३८ प्रतिशत कायम भएको थियो।

यसैगरी ९१ दिनेको १०.७९ प्रतिशत र २८ दिनको ८.५२ प्रतिशत कायम भएको थियो। तरलता संकट र उक्लँदो ब्याजका कारण यसपाली सरकारलाई नयाँ ऋण लिन र पुरानो नवीकरण गर्न महँगो परिरहेको छ।