नेको इन्स्योरेन्सले पोहोरकै लाभांश दरलाई निरन्तरता दिने, १५ प्रतिशत बोनस दिने प्रस्ताव



२०७९ मंसिर १९ गते १३:४७ | Dec 5, 2022


नेको इन्स्योरेन्सले पोहोरकै लाभांश दरलाई निरन्तरता दिने, १५ प्रतिशत बोनस दिने प्रस्ताव


काठमाडौं। नेको इन्स्योरेन्सले अघिल्लो पटककै लाभांश दरलाई निरन्तरता दिने भएको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

Tata
Global Ime

इन्स्योरेन्सको सञ्चालक समितिले १५ प्रतिशत बोनस दिने प्रस्ताव अघि सारेको छ। बाँकी कर प्रयोजनलाई नगद हो। कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरिएको छ।

हाल इन्सयोरेन्सको चुक्ता पुँजी एक अर्ब ७४ करोड ९८ लाख रुपैयाँ छ। बोनस वितरण पछि चुक्ता पुँजी २ अर्ब एक करोड २२ लाख रुपैयाँ नाध्नेछ।

प्रस्तावित लाभांश बीमा प्राधिकरण र वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।