ऊर्जा क्षेत्रमा लगानी गर्न निफ्राले ५ अर्ब रुपैयाँ ऋण उठाउँदै, ब्याज ७ प्रतिशत, ७ वर्षमा तिर्ने



बिजमाण्डू
२०७९ मंसिर २० गते ०८:४९ | Dec 6, 2022


ऊर्जा क्षेत्रमा लगानी गर्न निफ्राले ५ अर्ब रुपैयाँ ऋण उठाउँदै, ब्याज ७ प्रतिशत, ७ वर्षमा तिर्ने


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ। बैंकले ७ प्रतिशत ब्याज दरमा 'निफ्रा ऊर्जा ऋणपत्र' जारी गर्न लागेको हो।

Tata
Global Ime

भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको एक मात्र पूर्वाधार बैंकलाई पुँजी अपुग हुन थालेपछि ऋणपत्रको विकल्पमा गएको हो। बैंकले सात वर्षका लागि ऋण लिन खोजेको छ।

बैंकले मंसिर २९ गतेदेखि ऋण उठाउन थाल्ने छ। मंसिर ४ गतेसम्म ऋण उठाउने तालिका तय गरेको छ। 

बैंकको ऋणपत्र खरिद गर्न चाहनेले कम्तिमा २५ कित्ता र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। अंकित मूल्य १००० रुपैयाँ छ।

बैंकले जारी गर्ने ऋणपत्रमध्ये ३ अर्ब रुपैयाँको प्राइभेट प्लेसमेन्टमा र बाँकी २ अर्ब सर्वसाधारणलाई बिक्री गर्ने छ।