फक्सवागनले सार्वजनिक गर्‍यो टाइगुन मोडलको एक्सक्लुसिभ एडिसन, मूल्य भारु ३३.५० लाख



बिजमाण्डू
२०७९ मंसिर २० गते १०:१३ | Dec 6, 2022


फक्सवागनले सार्वजनिक गर्‍यो टाइगुन मोडलको एक्सक्लुसिभ एडिसन, मूल्य भारु ३३.५० लाख


काठमाडौं। मोटर निर्माता फक्सवागनले टाइगुन मोडलको एक्सक्लुसिभ एडिसन सार्वजनिक गरेको छ। कम्पनीले सोमबार भारतमा उक्त एडिसन सार्वजनिक गरेको हो।

Tata
Global Ime

नयाँमा पुरानोका तुलनामा मेकानिकल परिवर्तन नगरी केही कस्मेटिक अपडेट मात्र गरिएको कम्पनीले जनाएको छ। तर यी नयाँ संस्करण टाइगुनको विशेषता बुझेकाहरुलाई भने आकर्षित गर्ने प्रकारका छन्।

नयाँ एडिसन दुई वटा प्योर ह्‍वाइट र ओर्‍याक्स ह्‍वाइट कलरमा उपलब्ध छ। यी मोडल २.०- लिटर ४- सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनमा छन्। उक्त इन्जिन १९० हर्सपावरको छ भने यसले ३२० एनएम टर्क उत्पादन गर्छ। साथै यसमा ७ स्पिड डुअल-क्लच अटोमेटिक गियरबक्स समावेश गरिएको छ।

यो फोर ह्‍वील ड्राइभमा उपलब्ध छ। यसले एक लिटर पेट्रोलमा १२.६५ माइलेज प्रदान गर्दछ।

यसमा पुरानो मोडलको तुलनामा यसमा १८ इन्चको ट्वीन फाइभ- स्पोक एलोय ह्‍वीलबेस उपलब्ध छ। जसले नयाँ एडिसनलाई स्पोर्टियर लुक्स दिएको छ। ह्‍वीलको लागि डाइनामिक हुबक्याबको पनि व्यवस्था गरिएको छ।

यसमा लेदर सिटहरु छन्, थ्री जोन क्लाइमेट कन्ट्रोल सिस्टम, प्यानोरमिक सनप्रुफ, ८.० इन्च टचस्ङ्क्रिन, एलईडी म्याट्रिक्स हेडलाइट, ६ एयरब्यागलगायतका फिचरहरु उपलब्ध छन्।

यसको मूल्य भारतमा भारु ३३.५० लाख तोकिएको छ। नेपालमा उपलब्ध यसको रेगुलर मोडलको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिका लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ।

तीन भेरिएन्टमध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ७० लाख ९० हजार रुपैयाँ तोकिएको छ।