अटो व्यवसायीको आन्दोलन तेस्रो दिनमा, शोरुम र गाडीहरु मागसहितको नाराले भरिभराउ



बिजमाण्डू
२०७९ मंसिर २० गते १६:०८ | Dec 6, 2022


अटो व्यवसायीको आन्दोलन तेस्रो दिनमा, शोरुम र गाडीहरु मागसहितको नाराले भरिभराउ


काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले घोषणा गरेको चरणबद्ध आन्दोलन आज तेस्रो दिनमा चलिरहेको छ। सरकारले गत वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको र बैंकहरुले ब्याजदर बढाएको विरोधमा अटो व्यवसायीहरुले अन्दोलन गर्न थालेका हुन्।

Tata
Global Ime

यसैक्रममा अटो व्यवसायीहरुले यसभन्दा अघि आफ्नो सामाजिक संजालमा प्रोफाइल पिक्चर तथा वालमा नाराहरु राखेर अन्दोलन गरेका थिए। तर आज भने उनीहरुले आफ्नो शोरुमहरुमा नारा टाँसेर विरोध जनाएका छन्।

अटोमोबाइलका शोरुम तथा केही गाडीको अगाडि/ पछाडि आयात प्रतिबन्ध खोल, गरी खान देऊ, सतप्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, देशमा सरकार छ त, मौद्रिक नीति परिमार्जन गर, गरिखान देउलगायतका नारा लेखिएका ब्यानर टाँसेर अन्दोलनलाई निरनतर्ता दिएका छन्।

यसैगरी जसले कर तिरेको छ उसैलाई पेल्नेर हेप्ने, जनताले सबै नियमर कानुन मान्नु पर्ने सरकारी निकायले कहिले जवाफदेही हुनु नपर्ने, ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, ब्याजदर नियन्त्रण गर लगायतका मागहरु राखेर आन्दोलन गरिरहेका छन्।

प्रतिबन्धका कारण हालसम्म ५६ वटाभन्दा बढी शोरुम बन्द भएका छन् भने सयौंको रोजगारी गुमेको छ। यसरी लामो समयदेखिको आयात प्रतिबन्धका कारण नेपालमा अटोमोबाइल व्यवसाय संकटमा परेको छ।

व्यवसायीहरुले यो पटक आयात प्रतिबन्ध खोलाउनेदेखि गाडी बिक्री हुने वातावरण बनाउन सरकारलाई दबाब दिन थालेका हुन्। उनीहरुले आगामी बिहीबार माइतीघर मण्डलामा कालो पहिरन लगाई ब्यानर बोकी धर्ना दिने योजना पनि बनाएका छन्।

दोस्रो चरणको आन्दोलन बिहीबारपछि घोषणा गर्ने जनाएको छ। हाल सामाजिक सञ्जाल, शोरुम तथा गाडीमा विभिन्न माग र नारा राखेर ब्यानर टाँसेर गरिएको यो पहिलो चरणको आन्दोलन रहेको नाडाले जनाएको छ।

यसअवधि भरमा सरकारले एक खालको निर्णय नगरे गम्भिर रुपमा अटो व्यवसायीहरु आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्।