एफएनसीसीआई टोलीसँग प्रधानमन्त्री देउवाले भने-‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छु’



बिजमाण्डू
२०७९ मंसिर २० गते १६:१७ | Dec 6, 2022


एफएनसीसीआई टोलीसँग प्रधानमन्त्री देउवाले भने-‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छु’


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री देउवाले सो प्रतिवद्धता जनाएका हुन्।

Tata
Global Ime

मंगलबार महासंघ अध्यक्ष शेखर गोल्छासहितको पदाधिकारी टोली प्रधानमन्त्री देउवा भेट्न विहान साढे नौं बजे पुगेका थिए। टोली पुग्ने वित्तिकै प्राथमिकतामा राखेर देउवाले भेट दिएका थिए। महासंघ अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्यालाई गम्भिरतापूर्वक सुनेका थिए।

गोल्छाको भनाई सुनेपछि देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरि समाधान निकाल्ने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रसहितको वृहत भेला बोलाएर समस्या समाधान गर्ने दोहोर्‍याए। शीर्ष नेतृत्वहरूसँग भेटघाटको क्रममा महासंघ प्रतिनिधिमण्डलले यसअघि सोमबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड)सँग छुट्छुट्टै भेटगरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो। 

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र संमस्यामा रहेको र यसको सामाधानका लागि आपूm र आप्mनो पार्टी तत्पर रहेको बताएका थिए। शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको महासंघ प्रतिनिधिमण्डलले सोमबार अपरान्ह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुको पनि ध्यानाकर्षण गराएको छ। 

प्रधानमन्त्री सहित शीर्ष नेताहरूसंगको भेटवार्तामा प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गरेको थियो।