सुपरमाई हाइड्रोपावरले ल्यायो आइपीओ, सुरुमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुलाई



बिजमाण्डू
२०७९ मंसिर २१ गते ०६:५३ | Dec 7, 2022


काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले बुधबारबाट पहिलो चरणमा आइपीओ ल्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर जारी गरेको हो।

Tata
Global Ime

कम्पनीको जारी पुँजीको ५० करोड रहेको छ। कम्पनीले सो पुँजीको २० प्रतिशत सेयर जारी गर्ने भएको हो। जसमध्य १० प्रतिशतले हुन आउने ५ करोड बराबरको ५ लाख कित्ता सेयर मध्य इलाम जिल्लाका स्थानियका लागि छुट्याइएको छ।

कम्पनीले सो सेयर मध्य आयोजना अति प्रभावित क्षेत्रका स्थानियका लागि ४० प्रतिशतले हुन आउने २ लाख कित्ता सेयर बिक्री गर्ने छ। कम्पनीले अति प्रभावित क्षेत्रमा इलाम न.पा. (बरबोटे) ५, इलाम न.पा.(सुम्बेक) २, माइजोगमाई गा.पा. ५, सोगाङलाई राखेको छ।

यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य क्षेत्रमा वसोबास गर्ने वासिन्दाहरुका लागि कम्पनीले सो सेयरको ६० प्रतिशतले हुन आउने ३ लाख कित्ता छुट्याएको छ।

यसबाहेक कम्पनीले सर्वसाधरणका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने ५० करोड बराबरको ५ लाख कित्ता सेयर जारी गर्ने छ। जसमध्ये यसको १० प्रतिशतले हुन आउने ५० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि छुट्याइएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीले अंकित दर प्रति कित्ता १०० ले सेयर बिक्री वितरण गर्ने भएको हो।

सो सेयरमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले पुस ६ गते सम्म आवेदन दिन सक्नेछन्। यधपी स्थानीय वासिन्दाबाट सो समय सम्म पर्याप्त आवेदन नपरे सेयर थप पुस २१ गतेसम्म बिक्री गरिने छ।

साथै प्राथमिक सेयर खरिद गर्न इच्छुक वैदेशिक रोगजारीमा रहेका नेपालीले भने पुस ६ गते सम्म आवेदन दिन सक्नेछन्।