बाराहीको सेयर सर्वसाधारणलाई आजबाट, आयोजना प्रभावितलाई छुट्याइएको सबै सेयर बिक्री भएन



बिजमाण्डू
२०७९ मंसिर २१ गते ०९:१० | Dec 7, 2022


काठमाडौं। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बुधबारबाट सर्वसाधारणका लागि सेयर जारी गरेको छ। आयोजना प्रभावितलाई छुट्याए पनि बिक्री नभएको १ लाख ४ हजार कित्तासहित ५ लाख ५४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ।

Tata
Global Ime

यसमध्ये २७ हजार ७०० सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कर्मचारीलाई छुट्याइएको छ। सर्वसाधारणको भागमा ५ लाख १५ हजार २२९ कित्ता सेयर छुट्याएको छ। 

कम्पनीले मंसिर २१ देखि मंसिर २६ गतेसम्म सेयर जारी गर्ने भएको छ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ। 

आयोजनाको प्रति मेगावाट लागत २० करोड ८१ लाख रुपैयाँ अनुमान गरिएको छ।