धितोपत्र बोर्डले एनआईबिएल ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डलाई दियो स्वीकृति



बिजमाण्डू
२०७९ मंसिर २१ गते १६:१६ | Dec 7, 2022


Tata
Global Ime

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फन्डलाइ निष्कासन अनुमति दिएको छ। बोर्डले एनआईबिएल ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाइ निष्कासन अनुमति दिएको हो।

एनआईबिएल ग्रोथ फण्ड एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने पाँचौ योजना हो। एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक रहेको यो म्युचुअल फन्डले बोर्डबाट मंसिर १८ गते निष्कासनको अन्तिम स्वीकृति पाएको हो।

बोर्डको स्वीकृति पाएको यो म्युचुअल फन्डले १ अर्ब ६० करोड बराबरको १६ करोड इकाइ जारी गर्ने छ। योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ।

सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराइज फोकस्ड इक्विटी फण्डले पनि बोर्डबाट स्वीकृति पाएको छ। सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापकमा रहेको यो म्युचुअल फन्डमा कोष प्रवर्द्धकको रुपमा सनराइज बैंक रहेको छ।

यो म्युचुअल फन्डलाइ मंसिर १९ गते बोर्डले अन्तिम स्वीकृति प्रदान गरेको हो। यो एक बन्दमूखी योजना हो। यो म्युचुअल फन्डको आकार १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ छ।