सौर्य ऊर्जा कम्पनी झापा इनर्जीले आइपीओ निष्कासन गर्ने, प्रस्ताव साधारणसभामा लैजाँदै



बिजमाण्डू
२०७९ मंसिर २३ गते ११:०८ | Dec 9, 2022


सौर्य ऊर्जा कम्पनी झापा इनर्जीले आइपीओ निष्कासन गर्ने, प्रस्ताव साधारणसभामा लैजाँदै


काठमाडौं। झापा इनर्जी लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा डाकेको छ। कम्पनीले साधारणसभा पुस १६ गते आयोजनास्थल शिवसताक्षी-४ झापामा गर्ने भएको छ।

Tata
Global Ime

सभाले आइपीओ निष्कासन गर्ने र पुँजी वृद्धिको मुख्य प्रस्ताव पारित गर्दैछ। यस बाहेक वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायत विषयमा पनि छलफल गर्ने जनाएको छ।

कम्पनी विशेष गरी सोलार पावर प्रोजेक्टहरु निर्माण र उर्जा बिक्री गर्ने गर्छ। कम्पनीले निश्चित समयका लागि सौर्य प्रणाली भाडामा दिने पनि गर्छ। यस्ता सिस्टम कम्पनी स्वयमंले मर्मतसम्भार पनि गर्छ।

कम्पनीले यस्तो प्रणाली चितवन मेडिकल कलेजमा पनि जडान गरेको छ। कम्पनीले चितवनको कुमाल समुदायमा पनि २.५६ किलोवाटको सोलार सिस्टम 'कुमाल ग्रीन टावर' निर्माण गरि हस्तान्तरण गरेको छ।

कम्पनीले जुम्लाको जोदु गाउँमा पनि सौर्य प्रणाली निर्माण गर्दैछ।