
काठमाडौं। सरकारको राजस्व संकलन घटेको छ। सरकारले ५ महिना २४ दिनमा ३ खर्ब ९ अर्ब राजस्व उठाएको छ। यो लक्ष्यको २२ प्रतिशत मात्रै हो।
पोहोर यो अवधिमा ३ खर्ब ९७ अर्ब राजस्व उठिसकेको थियो। चालु वर्ष कुल राजस्व संकलन लक्ष्यको २२ प्रतिशत मात्रै राजस्व उठेको छ। यो अवधिमा फोहोर कुल संकलन लक्ष्यको ३३ प्रतिशत राजस्व उठिसकेको थियो।
यो वर्ष कर राजस्वबाट २ खर्ब ८४ अर्ब उठेको छ। यस्तै गैरकर राजस्वबाट २४ अर्ब ४८ करोड, अनुदानबाट ३ अर्ब ४१ करोड र अन्य शीर्षकमा २६ अर्ब ७२ करोड प्राप्ति भएको छ।
सरकारले सबै शीर्षकमा ३ खर्ब ३१ अर्ब प्राप्ति गर्दा ४ खर्ब १० अर्ब खर्च गरिसकेको छ। खर्चतर्फ सबैभन्दा धेरै खर्च चालु शीर्षकमा भएको छ।
यो शीर्षकमा ३ खर्ब ३१ करोड खर्च भएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ४६ अर्ब ५५ करोड खर्च हुँदा विकासतर्फ ३१ अर्ब ७५ करोड खर्च भएको छ।