
काठमाडौं। पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले भारत/महादेव खिम्ती/ सिद्धि साइ जेभीसँग ठेक्का तोड्ने भएको छ। निर्देशनालयले सोमबार एक सूचना जारी गर्दै पटकपटक काम सम्पन्न गर्न लिखित तथा मौखिक ताकेता गर्दा काम नगरेको भन्दै ठेक्का तोड्न लागेको जनाएको छ।
भारत/ महादेव खिम्ती/ सिद्धि साइ जेभीले यो आयोजना अन्तर्गत पर्ने पतिहाल्ने- रुकुमकोट सडकखण्डको १३ किलोमिटर सडक विस्तार गर्ने जिम्मा पाएको थियो। तर निर्माण कम्पनीले लामो समयदेखि कार्य नगरी निर्माण कार्य अधुरो छोडेको निर्देशनालयले जनाएको छ।
यो कम्पनीले नेपालका धेरै सडक निर्माणको जिम्मा लिने र काम अलपत्र पार्ने गरेको छ।
यसैगरी पछिल्लो पटक थपिएको म्यादमा पनि काम नगरेपछि निर्देशनालयले ठेक्का तोड्ने प्रक्रिया थाल्ने निर्णयमा पुगेको जनाएको छ। १५ दिनपछि उक्त निर्माण कम्पनीसँग ठेक्का तोडिने बताइएको छ।