वाणिज्य बैंकहरुले ब्याजदर घटाउने चर्चाले नेप्सेको गिरावटमा ब्रेक, परिसूचक १९०२ विन्दुमा



२०७९ मंसिर २६ गते १५:१२ | Dec 12, 2022


वाणिज्य बैंकहरुले ब्याजदर घटाउने चर्चाले नेप्सेको गिरावटमा ब्रेक, परिसूचक १९०२ विन्दुमा


काठमाडौं। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने चर्चाले सेयर बजारको गिरावटमा ब्रेक लागेको छ। जानकारहरुका अनुसार ब्याजदर घट्ने हुँदा लगानीकर्ताको मनोबल बढेको छ।  

Tata
Global Ime

सोमबार नेप्से पुन: १९ सय माथि उक्लिएको छ। आज सूचक करिब १७ अंकले बढेर १९०२ को विन्दुमा उक्लिएको छ। विकास बैंकले मंसिरदेखि नै ब्याजदर घटाउन सुरु गरेका हुन्। यस्तै वाणिज्य बैंकहरु भने नबढाउने पक्षमा छन्।

आयात प्रतिबन्धले गर्दा बैंकहरुको कर्जाको उपलब्धता पनि बढेको छ। सीडी रेसियो ९० प्रतिशतबाट घटेर ८६ प्रतिशतसम्म ओर्लिएको छ। पुसबाट लागु हुने ब्याजदरका विषयमा बैंकर्स संघले सोमबार छलफल गर्दैछ। 

मौद्रिक समीक्षापछि सेयर बजार लगातार घटिरहेको थियो। लगत्तै राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रास्फीति दर थप उक्लिने प्रक्षेपणले लगानीकर्ताको मानसिकतामा प्रभाव पारिरहेको थियो।

महँगीलाई काउन्टर गर्न राष्ट्र बैंकले ब्याज अझ बढाउने आशंका थियो। नीतिगत दरमा केन्द्रिय बैंक कठोर भएर प्रस्तुत हुने अनुमान थियो। तर ब्याजदर बढाउँदा पनि महँगी बढेको बढ्यै छ भने बैंकिङ च्यानलमा पर्याप्त निक्षेप पनि भित्रिएको छैन। यसकारण पनि ब्याजदरमा पुनर्विचार हुने प्रक्षेपण हुन थालेको हो।

बजार तरंगित भएपछि सेयर कारोबार बढेको छ। घट्दा अन्योलमा बसेकाहरु बजार दोहोरो अंकले बढेलगत्तै सक्रिय छन्।

नबिल बैंकले लाभांश घोषणा गरेपछि २१ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुमारी बैंकको करिब ११ करोड रुपैयाँको संस्थापक सेयर खरिदबिक्री भएको छ।