तरलता उपलब्धता बढ्दै गएको छ, एसएलएफ ५ अर्बमा सीमित: गभर्नर अधिकारी



२०७९ मंसिर २६ गते १७:५४ | Dec 12, 2022


तरलता उपलब्धता बढ्दै गएको छ, एसएलएफ ५ अर्बमा सीमित: गभर्नर अधिकारी


काठमाडौं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र सुधारउन्मुख रहेको भन्दै बैंकिङ च्यानलमा तरलताको उपलब्धता  बढ्दै गएको बताए। कुनै बेला ३ खर्ब नाघेको बैंकहरुको स्थायी तरलता सुविधाको परिमाण आइतबार जम्मा ५ अर्बमा सीमित भएको जानकारी दिए। 

Tata
Global Ime

नेपाल बैंकर्स संघको साधारण सभामा बोल्दै उनले अन्तर बैंक ब्याजदर ८.५० बाट ७.०७ प्रतिशतमा झरेको र सबै बैंकहरुको सीडी रेसियो ९० प्रतिशत तल झरेको बताए।

देशको अर्थतन्त्र रेमिटेन्सलाई निरुत्साहन गरेर आन्तरिक उत्पादनमा केन्द्रित हुनुपर्ने अधिकारीको भनाइ छ।

गभर्नर अधिकारीले ऋणीले ऋण नपाउँदा राष्ट्र बैंकको चर्को आलोचना भइरहेको बताए। उनका अनुसार ऋणलाई रिसाइकल गरेर तरलता बढाउन आवश्यक भएको बताए। 

'कहिले पनि बाहिरी तरलताको अपेक्षा गर्नु गलत हो। समग्र अर्थतन्त्रलाई सन्तुलनमा राखेर अघि बढ्नुपर्छ,' गभर्नर अधिकारीले भने। 

उनले बैंकरको कमजोरीले नै तरलताको आपूर्ति बिग्रिएको र पछि सुधार पनि आइरहेको बताए।