समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई पुस ३ गते प्रमाणपत्र दिइने, को को भए निर्वाचित?



२०७९ मंसिर २८ गते १४:२६ | Dec 14, 2022


काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट निर्वाचितहरुलाई पुस ३ गते प्रमाणपत्र दिने भएको छ।

Tata
Global Ime

समानुपातिक तर्फबाट निर्वाचित ११० जनालाई पुस ३ गते प्रमाणपत्र दिने जानकारी बहादुर भवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको हो।

प्रतिनिधिसभातर्फ सातवटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि मतपरिणाम सार्वजनिकमा केही ढिलाइ भएको हो। प्रदेशतर्फ समावेशी सिद्धान्तअनुसार सूची नमिलेपछि आयोगले सोमवार एमालेलाई सच्याउन आग्रह गरेको थियो। एमालेले मंगलवार नाम सच्याएर बुझाएसँगै समानुपातिक तर्फको मतपरिणामबारे आयोगले जानकारी दिएको हो।

समानुपातिक तर्फका ११० सिटमा एमालेले ३४ र कांग्रेसले ३२ सिट पाएको छ। माओवादीले १४ पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले थ्रेस होल्ड कटाउँदै ५ सिट पाएको छ।

आयोगले अन्तिम मतपरिणामको प्रतिवेदन भने बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ।

समानुपातिकमा एमालेको को-को?

१. देवीप्रसाद भट्टचन

२. हेमराज राई

३. कालुराम राई

४. नैनकला थापा मगर

५. सूर्यकुमारी श्रेष्ठ

६. उर्मिला थेबे

७. ईश्वरी घर्ती

८. रणकुमारी बलमपाटी मगर

९. शान्ति श्रेष्ठ

१०. सरस्वती सुब्बा

११. रघुजी पन्त

१२. एकनाथ ढकाल

१३. दयालबहादुर शाही

१४. मेनुकाकुमारी पोखरेल

१५. सरिता भुसाल

१६. शोभा ज्ञवाली

१७. बिजुला रायमाझी

१८. निर्मला कोइराला

१९. सम्झना थपलिया

२०. दीपा शर्मा

२१. सुनिता बराल

२२. आस्मा चौधरी

२३. शान्ति चौधरी

२४. ईश्वरबहादुर रिजाल

२५. प्रभु हजारा पासवान

२६. चन्द्र बहादुर विश्वकर्मा

२७. रुकमणि राणा बराइली

२८. हर्कमाया विश्वकर्मा

२९. गंगाप्रसाद यादव

३०. अमृत राजवंशी

३१. बिना देवी

३२. अमृतादेवी अग्रहरी

३३. प्रतीक्षा तिवारी

३४. सराज अहमद फारखी

कांग्रेसबाट को-को ?

१. सरस्वती बजिमय

२. लिलादेवी बोखिम

३. सीताकुमारी राना

४. सुशीला थिङ

५. सपना राजभण्डारी

६. माया राई

७. कुसुम थापामगर

८. मनोरमा सेरचन

९. अञ्जनी श्रेष्ठ

१०. अम्बिका बस्नेत

११. सरिता प्रसाईं

१२. आरजु राणा देउवा

१३. ईश्वरी न्यौपाने

१४. प्रतिमा गौतम

१५. मञ्जु खाँण

१६. रमा कोइराला पौडेल

१७. कान्तिका सेजुवाल

१८. मैना रावल कार्की

१९. नागिना यादव

२०. मुक्ताकुमारी यादव

२१. चन्दा चौधरी

२२. संगिता मण्डल

२३. शान्ति विक

२४. रुपा विक

२५. सीता मिजार

२६. आशा विक

२७. कल्पना चौधरी

२८. विनाकुमारी थनेत

२९. जावेदा खातुन जागा

३०. जीवन परियार

३१. विमलेन्द्र निधि

३२. प्रकाशशरण महत

माओवादी को-को ?

१. दुर्गा राई

२. मिना तामाङ

३. उर्मिला चौधरी

४. छिरिङ ल्यामु लामा तामाङ

५. हितराज पाण्डे

६. ज्ञानु बस्नेत सुवेदी

७. विमला सुवेदी

८. नारायणी शर्मा

९. रुपा सोसी चौधरी

१०. रुणेन्द्र बराली

११. सुशीला श्रीपाली ठकुरी

१२. मीना यादव

१३. उमरावतीदेवी यादव

१४. कल्पना मियाँ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट को-को ?

१. डा.ढाकाकुमार श्रेष्ठ

२. डोलप्रसाद अर्याल

३. असिम साह

४. मनिष झा

५. इन्दिरा राना मगर

६. सुमना श्रेष्ठ

७. अशोककुमार चौधरी

८. तपेश्वर यादव

९. डा. चन्दा कार्की

१०. निशा डाँगी

११. सन्तोष परियार

१२. कल्पना रोक्का

१३ . विनिता कठायत

राप्रपाबाट को-को ?

१. पशुपतिशमशेर जबरा

२. बुद्धिमान तामाङ

३. रोशन कार्की

४. गीता बस्नेत

५. बिना लामा

६. बिना जयसवाल

७. अनिशा नेपाली

जसपाबाट को-को ?

१. प्रकाश अधिकारी

२. सुशीला श्रेष्ठ

३. रेखा यादव

४. रञ्जु ठाकुर

५. सहनाज रहमान

जनमत पार्टीबाट को-को?

१. अनितादेवी साह

२. सोनु मुर्मु

३. विनिताकुमारी सिंह

४. गोमा सापकोटा

५. अब्दुल खान