भारत जान लागेका दुई भारतीय अवैध सुनसहित समातिए, सुन मिस्रित कपडा बरामद



२०७९ मंसिर २८ गते १७:३३ | Dec 14, 2022


भारत जान लागेका दुई भारतीय अवैध सुनसहित समातिए, सुन मिस्रित कपडा बरामद


काठमाडौं। सुन मिसिएको कपडासहित कोलकता र मुम्बई जान लागेका दुई भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

Tata
Global Ime

बुधबार एयर इण्डियाको उडानमार्फत कोलकता जान लागेका सिरज कुन्नापिल्ली मोइदिन र इण्डिगो एयरमार्फत मुम्बइ जान लागेका फैजल कोट्टाकुडिइल आबुको लगेज जाँच गर्दा सुन मिस्रित कपडा फेला परेपछि अनुसन्धानका लागि लगिएको प्रहरी वरिष्ठ निरीक्षक दिपेन्द्र जिसीले जानकारी दिए।

दुवै भारतीय नागरिकको प्रस्थानका क्रममा होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्ने क्रममा अवैध रुपमा लान लागिएको सुन मिस्रित कपडा फेला परेको उनले जानकारी दिए।

दुवैजनालाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। सुन मिस्रित कपडाहरु नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा परीक्षण गर्दा ७४.७५० ग्राम र ७३.८९० ग्राम परिमाण खुलेको जनाइएको छ।