सशस्त्र प्रहरीले खुलायो १ हजार ८ सय ३३ जनाका लागि भर्ना, खुलातर्फ ९ सय ८८ जना लिइने



२०७७ असोज २४ गते ११:३९ | Oct 10, 2020


सशस्त्र  प्रहरीले खुलायो १ हजार ८ सय ३३ जनाका लागि भर्ना, खुलातर्फ ९ सय ८८ जना लिइने


Tata
Global Ime

काठमाडौं। सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले १ हजार ८ सय ३३ जना जवानका लागि भर्ना खुलाएको हो।

खुलातर्फ ९ सय ८८, अमर/अशक्त सशस्त्र प्रहरीका सन्तति २०, समावेशीतर्फ महिला १ सय ६५, आदिवासी/जनजाति २ सय ६४, मधेसी २ सय ३१,दलित १ सय २४, पिछडिएको क्षेत्रका लागि ४१ जनाको भर्ना खुलाइएको छ। 

योग्यता पुगेकाले १० रुपैयाको टिकट टासी (स्वयम उपस्थित भइ) आफुलाइ पायक पर्ने सशस्त्र प्रहरी बल नेपालको ७५  वटा कार्यालयहरुमा दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ। असोज २४ गते १० बजेदेखि कात्तिक २३ गते ५ बजेसम्म बुझाउन सकिनेछ।

उमेर हद १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको हुनुपर्नेछ। कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको, पुरुषको हकमा ५ फिट २ इन्च, महिलाको लागि पाँच फिट, पुरुषको हकमा छाती नफुलाउदा कम्तीमा ३० इन्च र म फुलाउदा ३२ इन्च,  आँखा मानइस २ वा प्लस २ भन्दा कमजोर नभएको, नागरिकताको प्रमाणपत्र प्राप्त गरेको, पुरुषका लागि ५० केजी र महिलाको लागि ४२ केजी तौल भएको, नैतिक पतनदेखि फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दरखास्त दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको आदि लगायतका न्यूनतम योग्यताहरु तोकिएको छ।