नेपाल बैंकका प्रमुख कार्यकारीको तलब सुविधा ४६ लाख ९६ हजार, कर्मचारी खर्च २ अर्ब २२ करोड



२०७७ माघ १ गते ०९:५४ | Jan 14, 2021


Tata
Global Ime

काठमाडौं। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई ४६ लाख ९६ हजार ३०६ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ।

बैंकले गत आर्थिक वर्षको साधारणसभा गर्दै प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृत अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेको उल्लेख गरेको छ।

बैंकले कम्पनी सचिब र अन्य ब्यवस्थापन अधिकारीहरुलाई (मुख्य प्रबन्धक तहसम्म) लाई तलब भत्ता बापत ५ करोड १० लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ। 

बैंकको गत वर्ष कुल कर्मचारी खर्च २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ पुगेको थियो। यसबाहेक सञ्चालन खर्च ६६ करोड ८६ लाख रुपैयाँ छ। 

बैंकको वार्षिक साधारणसभाले ४ प्रतिशतका दरले नगद लाभांश र १२ प्रतिशतका दरले बोनस सेयर पारित गरेको छ।