सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारीको वार्षिक तलब सुविधा ९५ लाख ८४ हजार रुपैयाँ



२०७८ कात्तिक १७ गते ०९:१० | Nov 3, 2021


काठमाडौं। सांग्रिला बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक वर्ष ९५ लाख ८४ हजार रुपैयाँ तलब सुविधा बुझेका छन्।

Tata
Global Ime

बैंकले मंगलबार वार्षिक साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार, व्यवस्थापनका अन्य पदाधिकारीलाई २ करोड ७९ लाख १६ हजार रुपैयाँ तलब सुविधा भुक्तानी गरेको छ।

उनीहरुलाई भुक्तानी गरेको तलब सुविधाबाट सरकारले ३६ प्रतिशत कर उठाउँछ। अहिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ छन्।

उनले तलबबापत साढे ४१ लाख रुपैयाँ बुझेका छन् भने सञ्चय कोष योगदान बापत ४ लाख १५ हजार र अन्य भत्ता ४२ लाख ६२ हजार रुपैयाँ बुझेका छन्। यसबाहेक कर्मचारी बोनस बापत सात लाख ५६ हजार रुपैयाँ बुझेका छन्।

बैंकले गत आर्थिक वर्ष कर्मचारीमा कुल ५८ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ। यसमा कर्मचारी तलबमा ४२ करोड ४८ लाख रुपैयाँ गएको छ। यसबाहेक बोनसमा ६ करोड ५४ लाख रुपैयाँ गएको छ। 

बैंकले मंगलबार वार्षिक साधारणसभा गरेर सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिएको छ। यसमध्ये १० प्रतिशत बोनस सेयर दिएको हो।