काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषले प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया अगाडि बढाएको छ। अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले प्रकृया अगाडि बढाएको हो।
इच्छुकले मंसिर १ गतेभित्र आवेदन दिइसक्नु पर्ने छ। सरकारले बैंक तथा वित्तीय संस्थाको निक्षेप सुरक्षणका साथै बिभिन्न ऋणहरुको बीमाका लागि कम्पनी खोलेको हो।
कोषको प्रमुख कार्यकारी अधिकृत हुन अर्थशास्त्र, ब्यवस्थापन, कानुन, बैंकिङजस्ता बिषयमा स्नातकोत्तर उत्तिर्ण भएको हुनु पर्ने छ। साथै कम्तिमा ५ बर्षको अनुभव भएको हुनु पर्ने छ।
छनौट सूचीमा परेकाबाट सरकारले आफुले पेश गरेको ब्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण दिनु पर्ने हुन्छ।
सरकारले अहिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया पनि अगाडि बढाएको छ।