रिलायन्स लाइफमा पदावधि सकिएपछि पराजुली नेपाल लाइफ पुगे, कँडेललाई कामु सीइओको जिम्मा



२०७८ पुष १३ गते १०:३२ | Dec 28, 2021


रिलायन्स लाइफमा पदावधि सकिएपछि पराजुली नेपाल लाइफ पुगे, कँडेललाई कामु सीइओको जिम्मा


काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको चार बर्षे कार्यकाल सकेर प्रविणरमण पराजुली सोमबारबाट अवकाश भएका छन्। 

Tata
Global Ime

उनी नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध हुने भएका छन्। बीमा समितिले प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको 'कुलिङ पिरियड' लगाएको छ। त्यसो हुँदा उनी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृतको भूमिकामा जाने छन्। त्यसपछि उनी प्रमुख कार्यकारी अधिकृत बन्ने छन्।

सन्तोष प्रसाइँले कार्यकाल बाँकी छँदै नेपाल लाइफबाट राजीनामा गरिसकेका छन्। उनी बाहिरिएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ।

रिलायन्सबाट पराजुली बाहिरिएपछि कामु प्रमुख कार्यकारीको जिम्मेवारी निराजन कँडेलले पाएका छन्। उनी संस्था सञ्चालनमा आउनुअघि नै डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।

पराजुली पूर्व बैंकर हुन्। उनले नबिल बैंकमा काम गरेका थिए। उनी नबिल बैंकका तर्फबाट सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङमा काजमा प्रमुख कार्यकारी अधिकृत भएका थिए। उनको बैंकिङ क्षेत्रमा करिव १५ बर्षको अनुभव छ।
 
उनी सुरुमा एनएमबी बैंकमा थिए। त्यहाँ ६ बर्ष बिताएपछि नबिल बैंकमा आएका थिए। नबिलमा सेयर विभागमा ६ महिना काम गरेपछि सहायक कम्पनी नबिल क्यापिटलमा प्रमुख कार्यकारीका रुपमा काजमा गएका थिए। नबिल क्यापिटलमा उनले ८ बर्ष काम गरेका थिए।

कँडेल रिलायन्स आउनुअघि बैंकर थिए। स्ट्यान्डर्ड चार्टर्ड बैक नेपालमा ब्यवस्थापकीय पद छाडेर उनी बीमा क्षेत्रमा आएका हुन्।