नेपाल आयल निगमको निर्देशक छनोट परीक्षा फागुन ८ देखि ११ सम्म, एक जनाको आवेदन रद्द



२०७८ माघ २४ गते ११:५० | Feb 7, 2022


नेपाल आयल निगमको निर्देशक छनोट परीक्षा फागुन ८ देखि ११ सम्म, एक जनाको आवेदन रद्द


काठमाडौं। नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धीहरुको परीक्षा फागुन ८ देखि ११ गतेसम्म हुने भएको छ। १६ जना प्रतिस्पर्धीको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुने भएको हो। 

Tata
Global Ime

निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका थिए। एक जनाको आवेदन रद्द भएको छ। आवेदकमध्येका सन्जय कुमारको प्रक्रिया नपुगेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवेदन रद्द गरेको हो।

मन्त्रालयका अनुसार आवेदन सिलबन्दी गरेर बुझाउनु पर्नेमा खुला गरी बुझाएकाले आवेदन रद्द गरिएको हो। 

प्रतिस्पर्धीहरुको कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ताबाट धेरै अंक हासिल गर्ने ३ जनाको नाम मन्त्रिपरिषदमा जानेछ। मन्त्रिपरिषदले एक जनालाई जिम्मेवारी दिनेछ।