नेपाल टेलिकमको भ्यालेन्टाइन डे अफर, ४९ रुपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस सेवा



२०७८ फागुन २ गते १३:०० | Feb 14, 2022


नेपाल टेलिकमको भ्यालेन्टाइन डे अफर, ४९ रुपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस सेवा


काठमाडौं। नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा अनलिमिटेड डेटा र भ्वाइस अफर ल्याएको छ। 

Tata
Global Ime

अफर अन्तर्गत ४९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डेटा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा २४ घण्टालाई उपलब्ध हुने टेलिकमले जनाएको छ। 

यसैगरी नेपाल टेलिकमले हालै व्यवसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क दिने जनाएको छ।  

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने दुई सय रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डेटा र पाँच सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बोनसको रुपमा पाउने कम्पनीले जनाएको छ।