यात्रु सेवा विस्तार गर्दै भिस्तारा, अब इनफ्लाइट सर्भिस अन्तर्गत खाना र अल्कोहोलिक बेभरेज दिने



२०७८ फागुन ५ गते ११:०१ | Feb 17, 2022


यात्रु सेवा विस्तार गर्दै भिस्तारा, अब इनफ्लाइट सर्भिस अन्तर्गत खाना र अल्कोहोलिक बेभरेज दिने


भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरले यात्रु सेवा विस्तार गर्ने भएको छ। कम्पनीले आफ्नो यात्रुका लाथि छिट्टै 'इनफ्लाट मिल' सेवा सुरु गर्ने भएको हो।

Tata
Global Ime

कम्पनीका सिइओ विनोद कान्नानले कोभिडसँगै बन्द भएको खाना सुरु गर्न लागेको बताए। सात वर्ष अगाडि भारतीय उड्डयन उद्योगमा प्रवेश गरेको यो वायुसेवा कम्पनीले आन्तरिक यात्रुका लागि मेनु कार्ड र स्टार बक्स कफी सेवा दिँदै आएको जनाएको छ।

कम्पनीले यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै कोभिड अगाडिकै सेवा पुनः सुरु गर्ने योजना रहेको चिफ कमर्सियल अफिसर दीपक राजावतले बताए। कम्पनीले आन्तरिक तर्फको उडानमा नन भेज खाना, तातो पेय पदार्थ लगायतको सेवा पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यतिखेर आन्तरिक उडान अन्तर्गत विजनेश क्लासमा सहभागि यात्रुका लागि र मिडियम हल अन्तर्राष्ट्रिय उडानमा मेनु कार्ड र अल्कोहोलिक बेभरेजको सेवा सुरु गरिएको छ।