होटल याक एण्ड यतीको महिला सशक्तिकरणमा जोड, पछिल्लो नियुक्तीमा ३५% हिस्सा महिला कर्मचारीको



२०७८ फागुन २३ गते ११:४६ | Mar 7, 2022


होटल याक एण्ड यतीको महिला सशक्तिकरणमा जोड, पछिल्लो नियुक्तीमा ३५% हिस्सा महिला कर्मचारीको


काठमाडौं। दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीले महिलालाई रोजगारी दिने नीति लिएको छ। कम्पनीले पछिल्लो क्रममा नियुक्ति गरेका कर्मचारीहरुमा ३५ प्रतिशत हिस्सा महिलाको रहेको होटल व्यवस्थापनले जनाएको छ।

Tata
Global Ime

होटलले सन् २०१७ मा महाप्रबन्धकमा मोनिका सेइब्लौरलाई नियुक्त गरेयता कर्मचारी पदपूर्तिमा महिलालाई प्राथमिकता दिँदै आएको हो। उक्त वर्ष १३.२ प्रतिशत महिला जनशक्ति नियुक्त गरेको जनाइएको छ। 

नारी दिवसका अवसरमा मंगलबार होटलले महिला जनशक्तिको आत्मबल वृद्धि लक्षित प्रेरणादायी तालिम दिने भएको छ। उक्त तालिम मिस युनिभर्स नेपाल सुजिता बस्नेतले दिनेछिन्।

'विश्व आतिथ्यता क्षेत्रको प्रवर्द्धनका लागि महिला जनशक्तिको भूमिका अपरिहार्य छ। यो क्षेत्रमा मुलुकसँगै विश्व पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि महिला सशक्तिकरणलाई प्राथमिकता दिएका छौं,' होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।