इसेवा मनी र बिएफसी बैंकको इजेड रेमिटबीच सम्झौता, ५५ हजार नेटवर्कबाट पैसा नेपाल पठाउन सकिने



२०७८ चैत्र १० गते १४:१५ | Mar 24, 2022


इसेवा मनी र बिएफसी बैंकको इजेड रेमिटबीच सम्झौता, ५५ हजार नेटवर्कबाट पैसा नेपाल पठाउन सकिने



काठमाडौं। इसेवा मनी ट्रान्सफर र बिएफसी बैंकअन्तर्गतको इजेड रेमिटबीच रेमिट्यान्स भूक्तानी सम्झौता भएको छ। इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखा तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिने इसेवाले जनाएको छ। 

Tata
Global Ime

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सीइओ अजेस कोइराला र इजेड रेमिटका तर्फबाट प्रमुख वित्त अधिकृत तथा कार्यवहाक सीइओ मुजाहिद मलिकले हस्ताक्षर गरेका छन्। 

‘इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ। सम्झौतामार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ। विदेश गएका धेरै नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौ,’ इसेवा मनी ट्रान्सफरका सीइओ कोइरालाले भने।

सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न मिल्ने कम्पनीले जनाएको छ। 

इसेवा वालेटमा समेत तुरुन्तै पैसा लोड गर्न सकिने बताइएको छ। त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२ हजार बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरी रहेका एक लाख ३० हजार बढी एजेन्ट नेटवर्कबाट झिक्न सकिने कम्पनीले जनाएको छ। 

साथै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगइ सोझै इसेवा वालेटमा झिके अतिरिक्त  ७७ रुपैयाँ बोनस रकम पाउन सक्ने बताइएको छ। इसेवा मनी मार्फत् आएको रकम प्रभु म्यानेजमेन्ट अन्तर्गत रहेका सहकारी संस्थाहरुबाट समेत भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ।