एभरेष्ट बैंकले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गर्‍यो, साहित्य हस्तीलाई सम्मान



२०७८ चैत्र ११ गते १७:५० | Mar 25, 2022


एभरेष्ट बैंकले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गर्‍यो, साहित्य हस्तीलाई सम्मान



काठमाडौं। पर्यटन मन्त्रालयमा आयोजित कार्यक्रमबीच एभरेष्ट बैंकले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। 

Tata
Global Ime

बैंकले नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धी विभिन्न विषयवस्तुलाई समेट्दै आएको छ।

‘नेपाली साहित्यका चम्किला ताराहरू’ भन्ने नारासहितको क्यालेन्डर पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा अनावरण गरेका हुन्। 

बैंक व्यवस्थापनले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने लेखकहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको जनाएको छ।

बैंकले ११२ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४५ एटीएमबाट वित्तीय सेवा दिँदै आएको छ।