काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले सेवा प्रदायकहरुका सिमकार्ड तथा रिमकार्डहरु खरिद बिक्री गर्दा ग्राहकको वास्तविक विवरणका आधारमा मात्रै गर्न अनुरोध गरेको छ।
प्राधिकरणले सुचना जारी गर्दै मोवाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्डहरु बिक्री गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरुबाट बिक्री वितरण भैरहेको पाइएको भन्दै नियमानुसार मात्रै गर्न आग्रह गरेको छ।
मोबाइल सेवा प्रदायकहरुले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाइ रितपूर्वक फारम (केवाइसी) भर्न लगाएर विवरणहरु रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड खरिद बिक्री गर्न अनुरोध गरिएको छ।
ग्राहकहरुलाई समेत वास्तविक विवरणका आधारमा मात्रै खरिद गर्न भनिएको छ। सुचना विपरित हुने गरी सिमकार्ड रिमकार्ड खरिद बिक्री भएमा कानुनअनुसार कारबाही हुने उल्लेख छ।