
काठमाडौं। वीरगंजमा भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबीएल एस क्यापिटलले पनि सहभागीता जनाएको छ।
एनआइबीएल एस क्यापिटलले उक्त कार्यक्रममा सहभागीहरुलाई संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नवीनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको जनाएको छ।
चैत १८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ-बीमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना सुरु गरेको थियो। डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रबर्द्धकहरुलाई प्रबर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
एनआइबीएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन, पुँजी संकलन, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता र अन्य व्यवसायिक जटिलताहरुमा परामर्श दिँदै आएको छ।