
काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले अफर ल्याएको छ। नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको अफर ल्याएको जनाएको छ।
अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ रुपैयाँमा उपलब्ध हुने बताइएको छ।
यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक ९८ रुपैयाँमा किन्न सकिने टेलिकमले जनाएको छ।
यसका साथै दुई सयदेखि चार सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जीबी डेटा प्याक र पाँच सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध गराइने टेलिकमले जनाएको छ।
यो अफर चैत २९ देखि वैशाख ३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ।