पठाओमा कार्यरत उत्कृष्ट कर्मचारी सम्मानित, खुसीराम थारु बने वर्षको ‘द स्टार राइडर’



२०७९ बैशाख १८ गते १६:५६ | May 1, 2022


पठाओमा कार्यरत उत्कृष्ट कर्मचारी सम्मानित, खुसीराम थारु बने वर्षको ‘द स्टार राइडर’


काठमाडौं। अनलाइन राइड सेयरिङ कम्पनी पठाओले आफ्नो वार्षिक उत्सवको उपलक्षमा वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडम्यानलाई सम्मान गरेको छ। कम्पनीले आफूसँग कार्यरत जनशक्तिमध्ये ३० जनालाई सम्मान गरेको छ।

Tata
Global Ime

कम्पनीका राइडर खुसीराम थारु वर्षकै 'द स्टार राइडर' बाट सम्मानित भएका छन्। यसैगरी द स्टार क्याप्टेन र बेस्ट पर्फमिङ फुडम्यानमा सोमनाथ गिरी र सागर राई सम्मानित भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बेस्ट फुडम्यान, बेस्ट क्याप्टेन र बेस्ट बाइक राइडर लगायत हरेक विधामा नौ-नौजना कर्मचारीलाई सम्मान गरिएको छ।

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा कर्मचारीलाई थप प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड वितरण गरिएको कम्पनीका निर्देशक यशु थकालीले बताए ।

एक वर्ष अवधिभर कम्पनी बजार हिस्सा विस्तारमा योगदान दिने राइडर, क्याप्‍टेन र फुडम्यानहरुलाई प्रोत्साहन गर्न यो कार्यक्रम गरिएको थकालीले जानकारी दिए।

आइतबार आयोजित कार्यक्रममा कलाकार दिपक राज गिरी र दिपाश्री निरौलाले कम्पनीका तर्फबाट राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।

कम्पनीका अनुसार ३५ जना राइडरलाई एभरेस्ट इन्स्योरेन्सको तर्फबाट एक लाख बराबरको मेडिकल इन्स्योरेन्स पनि प्रदान गरिएको छ।

सन् २०१८ सेप्टेम्बर २५ तारिखबाट बाइक राइड सेयरिङमार्फत सेवा सुरु गरेको कम्पनीले ९ अगस्ट २०१९ मा कार लाइट सेवा सुरु गरेको थियो। सन् २०२० सेप्टेम्बर २५ तारिखबाट कम्पनीले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै 'पठाओ फुड' सेवा दिँदै आएको छ।