एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि सिम, ४८ रुपैयाँमा ४ जीबी डेटा र १० को मेन ब्यालेन्स



२०७९ बैशाख २० गते १३:३५ | May 3, 2022


एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि सिम, ४८ रुपैयाँमा ४ जीबी डेटा र १० को मेन ब्यालेन्स


काठमाडौं। एनसेल आजियाटाले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’ ल्याएको छ। यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्न ४ जीबी डेटा र रिचार्जमा बोनस दिने कम्पनीले जनाएको छ।

Tata
Global Ime

यो सिमका लागि विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटो चाहिने कम्पनीले जनायो।

कम्पनीका अनुसार करसहित मात्र ४८ रुपैयाँमा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, यूट्युब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरी ४ हप्तासम्म) पाइनेछ।

विद्यार्थीले ६ महिनासम्म हरेक ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउन १ जीबी डेटा बोनस पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बोनस सात दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।